सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

असोज २२ र २३ गते ” METRO FUTSAL CUP-( Reason To Play)” प्रतियोगिता हुने

असोज २२ र २३ गते ” METRO FUTSAL CUP-( Reason To Play)” प्रतियोगिता हुने

 

 

काठमाण्डौ । योङ्ग कम्युनिष्ट लिग क्षेत्रिय कमिटी, काठमाण्डौ १ को आयोजनामा काठमाण्डौं स्थित भृकुटी मण्डपमा ” METRO FUTSAL CUP-( Reason To Play)” प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगिता यहि आउँदो असोज २२ र २३ गते हुने जानकारी आज संवाद क्लव नेपालमा पत्रकार सम्मेलन गरी गराइएको हो । प्रतियोगिता भृकुटीमण्डपमा असोज २२ र २३ गते बिहान ८ देखि साँझ ६ बजे सम्म हुने आयोजक कमिटीले जनाएको छ ।

सो प्रतियोगितामा पुरस्कार समेतको घोषणा गरिएको छ । प्रथम हुनेलाई एक लाख , द्धितीय हुनेलाई पचास हजार र तृतीय हुनेलाई पच्चिस हजार साथै मेडल, कप, प्रमाण पत्रहरु बितरण गरिने आयोजक कमिटीले जनाएको छ । उक्त पत्रकार सम्मेलनमा माओवादी केन्द्रका युवा नेता अनिल शर्मा, योङ्ग कम्युनिष्ट लिग क्षेत्रिय कमिटी, काठमाण्डौ १ का इन्चार्ज दीलिव सिंह, लगायतले सफलताको शुभकामना दिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend