शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विभिन्न दल परित्याग गरी २१ युवा राप्रपामा प्रवेश

विभिन्न दल परित्याग गरी २१ युवा राप्रपामा प्रवेश

 

 

पाँचथर । विभिन्न दल परित्याग गरी एक्काइस युवा लगायत स्थानीयहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । राप्रपाको नीति सिद्धान्तमा आवद्ध हुनेहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी लगायत थिए । नवप्रवेशीहरुलाई स्वागत गर्दै कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले राप्रपामा युवा तरुणहरुको आकर्षण बढेको बताए ।

मिक्लाजुङ गाउँपालिका परिषद भेलालाई सम्बोधन गर्दै नेता लावतीले भने, ‘समृद्धि, पहिचान र समावेशीकरणको नारा मिथ्या सावित भएका छन् । वर्तमान परिवेशमा संविधान र पद्धति माथि नै प्रश्न उठेको छ । यही यथार्थ बुझेर, देश र राजनीति नयाँ शिराबाट अघि बढ्नु पर्छ भन्दै विशेषतः युवा तरुण राजसंस्था, धर्म, परम्परा आवश्यक छ भन्दै अघि सरेका छन् ।’

जिल्ला सदस्य कमल कुमार राईले पाँचथरमा राप्रपामा एकताको भावना विपरीत महाधिवेशनको निर्वाचन निर्देशिका मिच्ने क्रम देखिएको भन्दै चिन्ता गरे । पाँचथरका अभिभावक स्वर्गीय नेता पद्मसुन्दर लावतीको देनलाई बुझ पचाउनेहरुले पार्टी र पद्धतिलाई भड्खालो हाल्ने दुष्प्रयास गरेको बताए ।यस्तै गलत सोँच र कार्यदिशलाई सही बाटोमा फर्काउने प्रयास जारी रहेको र कार्यकर्ताको बलमा सो लक्ष्य प्राप्त गर्ने राईले भने । केन्द्रीय बुद्धिजीवी परिषदका सदस्य डा। डिल्ली चापागाईले गणतन्त्र अफापसिद्ध भएको भन्दै राजसंस्था, धर्म सहितको मार्गचित्रले मात्रै आसन्न संकट निवारण गर्ने बताए ।

राप्रपाका कुम्मायक गाउँपालिका अध्यक्ष जगतजंगत लावतीले भने, ‘हर तरहको चुनौति सामना गरेर, ज्यान हत्केला राखेर राप्रपालाई टीकाएको हो । तर, हिजोको अवस्था नजान्ने, नजरअन्दाज गर्नेहरुले गलत दिशा टिप्न खोज्दा पार्टीमा निरन्तर अवरोध सिर्जना भएको छ । यसबाट आम कार्यकर्ता चिन्तित छन् ।’राप्रपासम्वद्ध युवक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र कार्कीले केन्द्रीय नीति निर्देशन बेगर, निर्वाचन समिति विधिवत गठन नभएको अवस्थामा, अधिवेशनको नाटक मंचन गरेर एकथरीले कार्यकर्तालाई झुक्याउने, दुख दिने काम गरेकोमा चिन्ता प्रकट गरे ।मिक्लाजुङ गाउँपालिका परिषद भेलाले गंगा राईलाई अध्यक्षमा निर्वाचित गर्यो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend