काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का पोलिटव्यूरो सदस्य तथा उदयपुरको त्रियुगा नगरपालिका मेयर बल्देव चौधरीले अबको चुनावमा केपी ओलीको नक्कली कम्युनिस्ट पार्टीको हालत कमल थापाको पार्टी जस्तै हुने बताएका छन । खबर बे्रकिङक सँग कुराकानी गर्दै नेता बल्देव चौधरीले यस्तो बताएका हुन । उनले आगामी चुनावमा एमालेले बढीमा १० सिट ल्याउने ठोकुवा गरे । ओलीको सत्तामोह तानशाही प्रवृत्तिको कारण ओलीले एमाले समाप्त गरेको चौधरीले आरोप लगाए । उनले भने, ‘राष्ट्रको प्रमुख कार्यकारी जस्तो पद मदन भण्डारी फाउडेसनको अध्यक्ष सरह भएर चलाउने ओली पार्टी होईन गुटको नेता हो ।’ १० ब्ंदे सहमतिको नाटक गरेर ओलीसँग मिल्न गएका नेताहरुको हविगत आगामी निर्वाचनमा देखाउने भन्दै चौधरीले समयमै एकीकृत समाजवादीमा फर्कन अनुरोध गरे । एमाले विभाजनको प्रमुख कारण १०बुंदे सहमति भएको बताएका छन । उनले भने, ‘ओलीसँग बिकेर कार्यदलका सदस्यहरुले माधवकुमार नेपाललाई बाईपास गरेर एक पक्षीय ढंगबाट गरिएको १० बुंदेको नाटक गरेको कारण एमाले फुटेको हो ।’
ओली नजिकका व्यक्तिहरुले ओलीले जती मनपरी गर्दै गए पनि ओलीलाई स्यावास हजुर राम्रो गर्नुभयो भन्दै झन गलत बाटोमा जान उक्साइरहेका कारण एमालेमा फुट आएको चौधरीको आरोप छ । नेकपा (एकिकृत समाजवादी) पार्टी मात्र कम्युनिस्ट पार्टी भएको बताउदै उनले भने, ‘एमाले पार्टी अब कम्युनिस्ट होईन, एमाले आगामी चुनाव पछी सकिन्छ ।’ ०६४ सालको चूनावमा एमालेले कमजोर परिणाम ल्याएको प्रसंग निकाल्दै चौधरी भने, ‘सूर्य चिन्हले चुनाव जित्ने भए विगतमा ओली सहित कतिले चुनाव हारे भन्ने त छर्लंग छ नि ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend