शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगायो

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगायो

 

 

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए। मन्त्रीका लागि एकीकृत समाजवादीले ६ जनाको नाम बुझाएको हो।

एकीकृत समाजवादीबाट मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिश भएको छ।

सरकार गठन भएको दुई महीना नाघिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। एकीकृत समाजवादीकै लागि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको नेताहरूले बताउँदै आएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend