हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय स्थापना गरिएको छ । सोमबार एकीकृत समाजवादीको हुम्ला जिल्लामा पार्टी कार्यालय स्थापना गरिएको हो ।
सोमबार पार्टी कार्यालय उदघाटन गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन, विघटन गर्ने काम गरेको बताए ।
ओलीले एमालेभित्र दक्षिणपन्थी अवसरवाद हावी गराएको आरोप लगाए । कम्युनिस्ट पार्टी आन्दोलनलाई सार्थक र रक्षा गर्नको लागि आफूहरूले नयाँ पार्टी खोल्नुपरेको उनले दाबी गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend