शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लोसपा जुट्यो यस्तो तयारीमा !

लोसपा जुट्यो यस्तो तयारीमा !

 

 

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको विधान तयारीमा जुटेको छ । लोसपा अध्यक्ष महन्थ ठाकुर नेताहरू राजेन्द्र महतो, अनिल झा संसदीय विधानका लागि जनकपुरमा प्रदेश सांसदहरूसँग छलफलमा जुटेका हुन् ।

शनिबार जनकपुर आएका अध्यक्ष ठाकुरले दलको विधान पारित गरेर नेता चयन गर्नसमेत छलफल गरेका छन् । लोसपा कार्यकारिणी सदस्य एवं प्रदेश सांसद जितेन्द्र सोनलले संसदीय दलको विधान टुंगो लगाएर सोमबारसम्म दलको नेता चयन हुन सक्ने बताए । ‘केन्द्रीय अध्यक्ष, वरिष्ठ नेताहरूसँग संसदीय दलको विधान बनाउन छलफल भएको छ,’ सोनलले भने, ‘विधान पारित भएपछि लगत्तै दलको नेताबारे छलफल हुनेछ ।’

प्रदेशसभामा १६ जना सांसद रहेको लोसपामा संसदीय दलमा अध्यक्ष ठाकुरनिकट सांसद जितेन्द्र सोनलको सम्भावना बढी छ । सांसद उपेन्द्र महतोले पनि दलको नेतामा दाबी गरेका छन् । तत्कालीन राजपामा हुँदा प्रदेश २ मा सोनल संसदीय दलका नेता थिए । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी समायोजन हुँदा दलको नेता चयन हुन सकेको थिएन । विगतमा पनि दलको नेता रहेका सोनललाई नै पुनः नेता चयन गर्न ठाकुर स्वयं दलको बैठकमा सहभागी भएका छन् ।

जसपा नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र समावेश भइसकेका छन् । नेकपा (एकीकृत समाजवादी) पनि चाँडै सरकारमा सहभागी हुने भएको छ । सरकार बाहिर रहेको नेकपा एमालेका ८ जनामात्र सांसद रहेकाले १६ जना सांसद रहेको लोसपा प्रमुख प्रतिपक्षी दल रहनेछ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend