फाइल फोटो
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा ९ बजेदेखि जारी बैठकमा पार्टीको राष्ट्रिय सम्मेलन र प्रतिनिधि छनोटको प्रक्रियाबारे छलफल भइरहेको बताइएको छ ।
नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । राष्ट्रिय सम्मेलनका लागि अहिले देशभरि वडा स्तरका सम्मेलनहरू भइरहेका छन् ।
असोज ३० गते पालिका अधिवेशन गर्ने तयारी भए पनि हिन्दुहरुको पर्व दसैं परेकाले केही पछि धकेलिने नेताहरुले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका नेताहरु मंसिर १५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डले बोलाएको बेठकमा नेताहरु जुटेका हुन्।
स्थायी कमिटी सदस्य गणेश साहले पुस ११ गते हुने सम्मेलनका लागि प्रतिनिधि छनोट गर्न बैठक बसिरहेको जानकारी दिए। माओवादी केन्द्रको अहिले गाउँरनगर सम्मेलन भइरहेको छ। माओवादीले सरकारमा सहभागी हुने नेता र संगठनका कामका लागि लगातार छलफल गरिरहेको भए पनि निर्णयमा भने पुग्न सकेको छैन।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend