शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेको स्थायी कमिटी बैठक बस्दै

एमालेको स्थायी कमिटी बैठक बस्दै

 

 

काठमाडौं , नेकपा एमालेको स्थायी कमिटी बैठक सोमबार बोलाइएको छ । बैठक बिहान ११ बजेको लागि बोलाइएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार बैठक १०बुँदेका विषयमा छलफल गर्न बोलाइएको हो । पार्टी एकताका गर्न भन्दै गरिएको १० बुँदे सहमति पालना नभएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको छ ।

आइतबार बसेको सम्पन्न केन्द्रीय कमिटी बैठकमा भीम रावललगातका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको बन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

सो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले जवाफ दिएका थिए । बैठकमा विधान महाधिवेशन असोज १५ गते गर्ने सहमती भएको थियो । उक्त महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने बतायएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend