फाइल तस्विर
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी लगायतका दलहरुबीच एकताको तयारी अघि बढेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले विप्लव, वैद्य र बाबुरामसँग पार्टी एकताको कुरा भईरहेको बताएका हुन् ।
उनले एक कार्यक्रममै यस्तो बताइसकेका छन् । उनले अब माओवादीहरु एक नभए देशमा भएको परिवर्तनहरु सबै धरापमा पर्ने भन्दै माओवादीहरु एक हुनुपर्ने बताए । उनले शान्ति प्रकृयामा आएपछि माओवादीलाई सिध्याउनको लागि पार्टी फुटाउने देखि विभिन्न षड्यन्त्र गरेको भन्दै अब माओवादीहरु एक हुनुपर्ने उनले बताए ।
उनले आफूहले विप्लव, वैद्य, मोहनविक्रमलगायत नेताहरुसँग छलफल गरिरकेको र कार्याकर्ताहरुलाईसमेत उनीहरुसँग सहज सबन्ध बनाउन निर्देशन दिएका छन् । उनले माधव नेपालको समाजवादीसँगसमेत नजिकको सम्बन्ध बनाउनसमेत उनले निर्देशन दिएको छ । पछिल्लो समय बाबुराम भट्टराई एकताको खाका निर्माणमा लागेको पनि स्रोतले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend