काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जीवित कुमारीको दर्शन गर्न हनुमानढोका जाँदैछन्। पूर्वराजा शाह आज साँझ हनुमानढोका पुगेर कुमारीको दर्शन गर्ने पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।
कुमारीको दर्शन गर्न आज राष्ट्रपति भण्डारी पनि जाने हुँदा राष्ट्रपति फर्किएलगत्तै पूर्वराजा जाने पाठकको भनाइ छ। जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ। कुमारीको दर्शनसँगै शाहले गणेश, लाखे भैरव लगायतको दर्शन गर्नेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend