काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन्।
गठबन्धनका दलले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहँदा सरकारमा पठाइने मन्त्रीबारे निर्णय लिन बैठक बोलाइएको एक नेताले जानकारी दिए।
सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै टुङ्गो लगाउने तयारी माओवादीको छ। सरकार गठन भएको लामो समय भइसक्दासमेत मन्त्रिपरिषद विस्तार हुन नसकेको देउवा सरकारको चर्को आलोचना हुन थालेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend