शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सत्ता गठबन्धनबीच बल्ल मिल्यो मन्त्रालयको भागबण्डा

सत्ता गठबन्धनबीच बल्ल मिल्यो मन्त्रालयको भागबण्डा

 

 

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सरकारको न्यूनत्तम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो। स्रोतका अुनसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) ले पाउने भएको छ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाउने छ।

परराष्ट्र मन्त्रालय कांग्रेस आफैले राख्ने सम्भावना रहेको छ भने शिक्षा मन्त्रालय नेकपा माओवादी केन्द्रले पाउने छ। सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ। स्रोतका अनुसार मन्त्रिपरिषद् अब छिट्टै विस्तार हुने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend