शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सुवास नेम्वाङको प्रश्न भुँइमा खस्न नपाउँदै वरिष्ठ नेता पौडेलले दिए नेम्वाङलाई यस्तो जवाफ !

सुवास नेम्वाङको प्रश्न भुँइमा खस्न नपाउँदै वरिष्ठ नेता पौडेलले दिए नेम्वाङलाई यस्तो जवाफ !

 

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङबीच सवाल–जवाफ भएको छ । नेपाली रेडियो नेटर्वकको ५ औँ वार्षिक उत्सवमा आयोजित एक कार्यक्रममा दुई नेताबीच सवाल–जवाफ भएको हो ।

कार्यक्रममा बोल्दै नेता नेम्वाङले अर्काको दल विभाजन गर्न ल्याएको अध्यादेशले आफ्नै दलमा असर गर्दा के हुन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा नेता पौडेलले आफ्नो पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कम नआँक्न आग्रह गरे । देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निकास निकाल्ने उनले बताए ।

ठट्यौली पारामा नेम्वाङलाई जवाफ दिँदै पौडेले देउवाले पार्टी विभाजन गर्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । कांग्रेसभित्र संस्थापन इतर पक्ष आफू भएकाले पार्टी तोड्ने काम आफूबाट नहुने उनले बताए ।

“मलाई पार्टी तोडेर सभापति वा प्रधानमन्त्री हतारो छैन । म विधि विधान मान्ने हुँ,” उनले भने, “मेरो सभापति चलाख हुनुहुन्छ भन्ने बुझ्न म सुवासजीलाई अनुरोध गर्छु, उहाँले आफ्नो पार्टीलाई विभाजन गराउनु हुन्न, चलाख हुनुहुन्छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend