काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले संविधान दिवसलाई ‘कालो दिन’का रूपमा मनाएको छ । संविधानमा उत्पीडित नागरिकका हक, हित नसमेटिएको भन्दै लोसपाले संविधान दिवसलाई ‘कालो दिन’का रूपमा मनाएको हो ।
संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै संविधान दिवसलाई ‘कालो दिन’को रूपमा मनाउने निर्णय गरेको लोसपाले आइतबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘सहिदको बलिदानी एवम् संविधानको पूर्णता’ विषयक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले संविधान जारी भएको दिनमै आफूहरूले विरोध जनाउनु परेको बताए । उनले अहिलको अवस्थामा आफुहरूले संविधानलाई स्वीकार गर्न नसक्ने धारणा राखे । अहिले पूर्ण संविधान बने पनि कार्यान्वयन हुन्छ कि हुन्न भन्ने प्रश्न महत्वपूर्ण रहेको उनको भनाइ छ । आइतबार नै लोसपाले तराई–मधेससहित विभिन्न जिल्लामा संविधान दिवसलाई ‘कालो दिन’का मनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend