काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अहिलेको संविधानले अघि बढाउने बताएका छन ।
संविधान दिवसको अवसरमा एमाले मुख्यालय च्यासलमा भएको कार्यक्रममा बोल्दै ओलीले संविधानको रक्षा कार्यान्वयन र विकासमा नेकपा एमालेको सधै ध्यान जाने बताए ।
ओलीले भने , ‘संविधान आन्दोलनको सफलताको दस्तावेज हो, संविधान निर्माणमा सबैले गरेका प्रयासको सफलताको द्योतक हो ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend