शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पार्टीभित्र १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको छः एमाले उपाध्यक्ष ज्ञवाली

पार्टीभित्र १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको छः एमाले उपाध्यक्ष ज्ञवाली

 

 

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक गतिरोधको निकास खोज्ने जिम्मेवारी सत्तापक्ष र प्रतिपक्ष दुवैको भएको बताएका छन् । दुवै पक्षले द्वन्द्व छाडेर सहमतिसाथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, ‘सधैंभरि द्वन्द्व गरेर संसद् चल्दैन । संसद् कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा संविधान, कानुन र नियमावली छ । अब सहमति कायम गरेर अघि बढ्नुपर्छ । यसमा सत्तापक्षले पहल गर्नुपर्छ । सभामुखले समन्वय गर्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुनुपर्छ ।’

नेता ज्ञवालीले आफूहरु माधव नेपालले आह्वान गर्दैमा अर्को पार्टीमा नजाने दृढता व्यक्त गरे । उनले भने, ‘पार्टीभित्र १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको छ, केही ठाउँमा समस्या छन् । भोलिको स्थायी समिति बैठकमा यसबारे छलफल हन्छ । सानातिना विवादमा हामीले एमाले छाडेर जाने कुनै सम्भावना छैन । हामीले साथीहरुलाई फर्केर आउनोस् भनेका छौं, उहाँहरुले पनि यतै आउनुस् भन्नुभएको छ । राजनीतिमा यो स्वाभाविक हो ।’ उनले सबै ठाउँका साथीहरु अर्को पार्टीमा गए पनि एमाले कमजोर नभएको बताए ।

सत्तापक्षले एमसीसी टेबल गरेपछि पार्टीभित्र यसबारे गहन छलफल हुने बताए । उनले भने, ‘एमसीसी मुख्यतः सत्तापक्षको जिम्मेवारी हो, संसद्मा टेबल भइसकेपछि एमालेले जिम्मेवारीपूर्वक सोच्छ ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend