शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लुम्बिनीमा भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ, विस्तारै यो फैलिँदै जान्छः रामकुमारी झाँक्री

लुम्बिनीमा भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ, विस्तारै यो फैलिँदै जान्छः रामकुमारी झाँक्री

 

 

बुटवल । नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले एकीकृत समाजवादी पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको पार्टी बन्ने दाबी गरेकी छन्।उनले बुटवलमा लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकमा बोल्दै विद्रोह र पुनर्गठनबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्न नसक्ने बताइन्।

‘आजै विद्रोह र संघर्षबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्छ ? ’ उनले भनिन्, ‘वस्तुगत अवस्थाले यसो भन्छ त ? नभन्न पनि सक्छ, आज विद्रोहको प्रक्रिया सुरु भएको छ, लुम्बिनीमा भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ र विस्तारै यो फैलिँदै जान्छ।’ उनले एकीकृत समाजवादी पार्टी बहुसंख्यक युवा र सम्मान गर्न लायक अग्रजहरूको पार्टी बन्ने बताइन्।

केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू उपस्थित बैठकमा उनले भनिन्, ‘हामी विद्रोहबाट आएका छौँ, चुनौती छन् तिनलाई चिर्दै हामी बढ्ने हो, ‘हामीलाई लुम्बिनीमा चुनौती दिनेहरूलाई हामी अब चुनौती दिन्छौं, त्यसका लागि पार्टी बनाउन लाग्नुस् र युवा र अग्रज मिलेर यो अभियानलाई अघि बढाऊँ।’

कार्यक्रममा विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, राजु गुरुङलगायतले पार्टी अभियानलाई तीव्र रुपमा अघि बढाउने बताएका थिए।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend