काठमाण्डौं । नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्यमा भारी गिरावट आएको छ। प्रति तोलामा एक हजार ४०० रुपैयाँले घटी ८९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य ८८ हजार ६५० रूपैयाँ कायम भएको महासंघले जनाएको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा ३० रुपैयाँले घटी एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend