शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौंः बादल

सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौंः बादल

 

 

काठमाडौँ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गरेका छन् । देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने उनले दाबी गरे ।

जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए । दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए ।

‘चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ । अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ । राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुनस्स्थापित हुने दिशामा अघि बढ्ने छौं,’ उनले भने ।

थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गरे । ‘उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं,’ उनले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend