शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

 

 

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना पत्रकार, दुई सञ्चार संस्था र दुइजना अभियानकर्ता गरी आठ जनालाई २०७८ सालको पुरस्कार तथा सम्मान गरेको छ ।

बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा पत्रकार यात्रु लगायतलाई नगद पुरस्कार २० हजार रपैयाँसहित सम्मान पत्र प्रदान गरेको हो ।

पुरस्कृत हुनु हुनेमा टलिभिजन तर्फ इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रु, छापा तर्फ दैलेखकी पत्रकार ज्योति कटुवाल, संस्था तर्फ शक्ति समूहकी माया तामाङ,र प्रहरी प्रधान कार्यलय मानव बेचबिखन अनुसन्धान व्युरोका प्रहरी निरिक्षक श्रीराम थापालाई पुरस्कार र सम्मान प्रदान गरिएको हो ।

 

यसरी नै संस्थागत तर्फ वैदेशिक रोजगारबाट फर्केर आएका महिलाको संस्था पौरखी नेपाल, जिल्ला प्रहरी कार्यलय कैलाली, हिमालय टाइम्स राष्ट्रिय दैनिक र हाम्रा कुरा अनलाइनलाई पनि सम्मान गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव याम कुमारी खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा रष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले सो पुरस्कार प्रदान गरेकी थिइन् भने मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले सम्मनित व्यक्ति तथा संस्थालाई दोसल्ला र सयपत्रीको माला पहिरिएर उच्च सम्मान व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा योजना आयोगकी सदस्य सिंहले मानव बेचबिखन बिरुद्धको अभियान सफल बनाएर नेपाललाई बेचबिखनमुक्त देश बनाउनु पर्ने धारणा राखेकी थिइन् । नेपाल प्रहरी मानव बेचबेखिन अनुसन्धान व्युरोकी प्रमूख एसएसपी दुर्गा सिंहले माव बेचबिखनको उच्च जोखिममा नेपाल भएको बताउँदै अपराध नियन्त्रण गर्न र बैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखन रोक्न सबै पक्षको साथ र सहयोग आवश्यक भएको बताए ।

शत्ति, समूहकी माया तामाङले संक्षिप्त मन्तव्य दिदै पुरस्कारबाट जीवनको दोस्रो खुशी पाएको बताइन् । सोही समारोहमा गत बर्ष पुरस्कृत बिभिन्न क्षेत्रका ७ व्यक्तित्व र संस्थालाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औ राष्ट्रिय दिवसका अवसरमा बिभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गर्ने घोषणा भए अनुसार बुधबार सम्मान हस्तान्तरण भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend