एक परिचित व्यक्तित्व को नाम हो उद्दब प्रसाद मिश्र (उद्धे) उनको बाल्यकाल देखि हालसम्मको जिबनी प्रस्तुत गर्ने हो भने तपाई हामीलाई दुइ चार वटा नोट बुक कै आबस्यकता पर्दछ। किनभने उनका आरोह अवरोह शुख दुख अनगिन्ति छन्। उनका केहि व्यक्तित्वहरुको बारेमा छोटकरीमा बताउन चाहन्छौ।
हाल उनी कलाकारको रुपमा चिनिन्छन । हुनत उनी निर्माता निर्देशक भएर पनि काम गरि सकेका छन । उनी भन्छन् ‘म कलाकारबाट नै चिनिन चाहन्छु। तर पैसाको अभाबले सोचेको काम अघि बढाउन सकेको छैन । मैले साथीहरुको छिटो बिश्वास गर्छु तर साथीहरु बिश्वास घात गर्छन ।’
अत्यन्तै सरल मृदुभाषी ,कर्मठ ,इमान्दार ,सहयोगी व्यक्तित्वको नाम हो उद्दब प्रसाद मिश्र (उद्धे) बिगत केहि वर्ष देखि उनको आफनै निर्माण र निर्देसनमा निर्माण भएको टेली चलचित्र दुःखीको यात्रा, बाल्य पिडा ,मेहनती हातहरु ,डिउटी प्रसाद लगाएत अन्य उनका चिनारीहरु छन्।
जन चेतना मुलक टेली चलचित्र बनाउन उनी रुचाउछन । उनले बनाएका चलचित्र बालक देखि बृद्ध सम्म सबैले रुचाउछन । नरुचाउने कोहि छैनन्। एस्ता व्यक्तित्वलाई उर्जा दिएर अगाडी बढाउनु तपाई हामी सबैको दायित्व हो तब पो देश निर्माण लगाएत समाजमा असल अनुसासनको समेत विकास हुनेमा दुइमत छैन। उनका जिबनमा घटेका घटनाहरु देखि सुख दुःखमा पार गरेका ति क्षणहरु बेला बेलामा हामी उल्लेख गर्दै जानेछौ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend