शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बजेट संसद्‍बाट पारित हुन्छः लक्ष्मणलाल कर्ण

बजेट संसद्‍बाट पारित हुन्छः लक्ष्मणलाल कर्ण

 

 

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपाका) नेता लक्ष्मणलाल कर्णले प्रतिस्थापन विधेयकअनुसार सरकारले खर्च गर्न सक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता कर्णले सरकारलाई खर्च गर्न अप्ठेरो नहुने बताएका हुन् । उनले बजेट संसद्‍बाट पारित हुने पनि बताए । उनले भने, ुप्रतिस्थापन विधेयकअनुसार सरकारले खर्च गर्न सक्छ, बजेट संसद्‍बाट पारित हुन्छ।ु

मंगलबार पनि एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरु भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए । मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।

प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएयता एमालेले लगातार अवरुद्ध गरिरहेको छ । विगतमा एमालेमा रहेर वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै उसले संसद् अवरुद्ध गरिरहेको हो । यस विषयमा सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले गरेको कारबाहीअनुसार सूचना जारी नगरेको एमालेको आरोप छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend