शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सापकोटाले सभामुखको कुर्सीमा बस्ने अधिकार गुमाइसकेको ओलीको टिप्पणी

सापकोटाले सभामुखको कुर्सीमा बस्ने अधिकार गुमाइसकेको ओलीको टिप्पणी

फाइल फोटो
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सभामुखले पदीय मर्यादा गरिमा कायम गर्न नसकेकाले कुर्सीमा बस्ने अधिकार गुमाइसकेको टिप्पणी गरेका छन ।
आइतबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सभामुख पदमा बस्नलायक नरहेको बताएका हुन ।

सभामुखले आफैंले बनाएको संसद् नियमावली, कानुन मिचेको ओलीको आरोप छ । ‘कार्यव्यवस्था परामर्श सहमति, सर्वपक्षीय सहमतिमा अगाडि बढाउनुपर्नेमा पेलेर अघि बढ्न खोज्दैछन् । म सरकारमा हुँदा सहमति र सहकार्यबाट लगेको थिएँ । तर उहाँहरूले अस्थिरता निम्त्याउनुभयो । संविधान र नियम, कानुन नमान्ने र अरुले प्रतिगमन गर्‍यो भन्ने । स्थायित्व र स्थिरताको विरोधीहरू हुन् । अहिले पनि गठबन्धनमा बसेर भूमिका खेल्दै छन्,’ ओलीले आक्रोश पोखे ।

एमाले फुटाउने उद्देश्यले सत्ता गठबन्धन बनेको र त्यसमा सभामुखले षडयन्त्रपूर्वक भूमिका देखिएको ओलीले बताए । ‘सभामुख कानुनविपरीत, मर्यादाहीन देखियो । पदको दुरुपयोग गरे । प्रमुख प्रतिपक्षीविरुद्ध योजनाबद्ध रूपमा लागे’ ओलीले भने, ‘सापकोटा सभामुखको कुर्सीमा बस्न लायक छैनन् । उहाँले पदीय मर्यादा गरिमा कायम गर्नुभएन ।’

प्रतिस्थापन विधेयक ल्याएका अर्थमन्त्रीले पनि मर्यादित व्यवहार नगरेको ओलीको आरोप थियो । ‘सभामुखको व्यवहार आचरणको व्यवहार भएन । हामी यसमा गम्भीर रूपमा आपत्ति जनाउँछौं ओलीले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend