शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

संखुवासभामा भएको सामूहिक हत्याकाण्डका एक जना आरोपी पक्राउ

संखुवासभामा भएको सामूहिक हत्याकाण्डका एक जना आरोपी पक्राउ

 

 

काठमाण्डौं । संखुवासभाको मादी नगरपालिका–१ मा भएको सामूहिक हत्याकाण्डका एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पाँच दिनको अनुसन्धानपछि सामूहिक हत्यामा संलग्न २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्की पीडित परिवारको नाता पर्ने छिमेकी रहेको प्रहरीले जानकारी दिएको छ । उनको घरबाट प्रहरीले रगत लागेको कपडा र हथौडा जस्तो हतियार बरामद गरेपछि थप अनुसन्धान अघि बढाएको थियो । संखुवासभाको मादी नगरपालिका–१ मा भदौ २१ गते बौद्धमान कार्कीको परिवारका ६ जनाको विभत्स हत्या भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend