काठमाडौं । एमालेका युवा नेता रामप्रसाद रिजाल केपी ओलीको पक्षमा खुलेर लागेका छन । रिजालले अनाबश्यक भ्रम छर्ने माथि कडा टिप्पणी समेत गरेका छन । उनले दश बुंदे सहमति अनुसार तल्लो कमिटी देखि माथिल्लो कमिटी सम्म कार्यान्वयन भइरहेको बताए । एक अनलाइन संग कुराकानी गदै नेता रिजालले यस्तो बताएका हुन । उनले भने, ‘केही अनलाईनहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुंदे कार्यदलले दिएको सहमति कार्यान्वयन गर्दैनन भनेर लेखिरहेका छन त्यो समाचारमा सत्यता छैन ।’
पार्टीको विधानमै अन्य पार्टीहरुबाट आउने नेताहरूलाई समेट्ने व्यवस्था भएकोले माओवादी केन्द्रबाट आउने नेताहरूलाई समेट्ने कुराले एमाले पार्टीलाई अझ एकताबद्ध बनाउने उनले बताए । उनले भने, ‘माओवादीबाट आएका नेताहरु मात्र होईन कांग्रेस जसपा राप्रपा लगाएत अन्य साना पार्टीहरूबाट आएका नेताहरूलाई पनि पूर्व पार्टीबाट आउदा कै जिम्मेदारी नै दिएर व्यवस्थापन गर्ने सहमति एमाले पार्टीको केन्द्रीय समितिले गर्ने निर्णय गरीसकेको अवस्था छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend