काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग आफ्नो पार्टीको तर्फबाट बन्ने मन्त्रीहरुको नामावली मागेका छन् । आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री उनले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।
देउवा प्रधानमन्त्री भएको दुई महिना हुन लाग्दा पनि उनले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । त्यसैले, प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेको उनीनिकट स्रोतले जनाएको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी (नेकपा एस)का संयोजक माधवकुमार नेपाल, जनता समानवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतको उपस्थिति थियो ।
हालसम्म देउवाको मन्त्रिमण्डलमा पाँचजना मन्त्री छन् । अधिकांश मन्त्रालय देउवा आफैंले हेर्नुपर्ने भएकाले कार्यदक्षतामा कमी आएको बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend