शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओलीले बोलाए स्थायी कमिटी बैठक

ओलीले बोलाए स्थायी कमिटी बैठक

 

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार संसदमा पार्टीका भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

यही असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend