शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसीबारे छलफल

गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसीबारे छलफल

 

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार दिउँसो भएको सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा हिजो बुधवारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका अन्य नेताहरूको सहभागिता थियो । बैठकमा विपक्षी नेकपा एमालेले संसद् अवरोध गरेपछिको अवस्थाबारे पनि समीक्षा भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि ललितपुरको हात्तीवनमा गठबन्धनका घटक शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । त्यो बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल ९जसपा० का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend