उदयपुर । उदयपुरमा नेकपा एमालेको जिल्ला कमिटी २०७५ जेठ २ भन्दा अगाडीको अवस्थामा व्युँतिएको छ । तत्कालीन जिल्ला अधिवेशनबाट निर्वाचित ईश्वरमणि राउतकै अध्यक्षतामा जिल्ला समिति व्युँतिएको हो ।
एमाले उदयपुर अध्यक्ष ईश्वरमणि राउतले आफू पार्टी एकताको पक्षमा रहेकोले विभाजनलाई साथ नदिन सबैलाई आब्हान समेत गरेका छन। व्युँतिएको एमालेमा अब अध्यक्ष राउत संगै उपाध्यक्षमा विमल कार्की र सचिवमा परमेश्वर घिमिरे रहेका छन
उदयपुरको पार्टीको गतिविधिमा सकृय र संगठन निर्माणमा निक्कै पकड रहेका राउत एमालेमै बसे पछि यस जिल्लामा माधव नेपालको नेकपा एकिकृत समाजवादी पार्टीलाई ठुलो धक्का लागेको जिल्लास्थित नेता कार्यकर्ताहरूको भनाई छ ।
एमाले विभाजन भएर माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकिकृत समाजवादी पदको लागि केही नेता कार्यकर्ताहरु लागे पनि अहिले पनि भोटर जनमत एमालेकै पक्षमा भएकोले आगामी चुनावमा एमाले लाई बहुमत ल्याउनमा कुनै तागतले रोक्न नसक्ने नेताहरुको दाबी छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend