आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

यसपालिको तिजमा पशुपतिनाथको मन्दिर खुलेन

यसपालिको तिजमा पशुपतिनाथको मन्दिर खुलेन

फाइल तस्बिर ।

 

काठमाडौं । कोरोना महामारीका कारण यसपालिको तिजमा पशुपतिनाथको मन्दिर खुलेको छैन । कोरोना महामारीको बेलामा मन्दिर खोल्दा अत्यधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम हुँदा तिजमा मन्दिर नखुलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर नखुले पनि भक्तजनहरू त्यहाँ पुगेर बाहिरैबाट पूजा–आराधना गरेर फर्किने गरेका छन् । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार कोरोना महामारीलाई ध्यानमा राख्दै पशुपतिनाथको मन्दिर आउँदो असोज १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend