आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सभामुखको भूमिका निष्पक्ष भएनः भट्टराई

सभामुखको भूमिका निष्पक्ष भएनः भट्टराई

 

 

काठमाण्डौं । एमाले सचिव योगेश भट्टराईले दलले ह्विप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरूलाई कारबाहीको सूचना जारी नगरेर सभामुख अग्नि सापकोटाले एमालेलाई फुटाउन सघाउ पुर्याएको आरोप लगाएका छन। उनले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नुपरेको स्पष्ट पारे । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केसका विभिन्न दलहरूलाई विभिन्न ढंगले ट्रिट गर्नुभएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रदान हुन्छ । पार्टीका सांसदहरूलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्लंघन भयो भने, ह्विप उल्लंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend