आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ओलीको प्रश्न भुँइमा खस्न नपाउँदै एकीकृत समाजवादीका नेताले फर्काए ओलीलाई यस्तो कडा जवाफ

ओलीको प्रश्न भुँइमा खस्न नपाउँदै एकीकृत समाजवादीका नेताले फर्काए ओलीलाई यस्तो कडा जवाफ

 

 

काठमाडौँ । एमालेको निर्णयप्रति एकीकृत समाजवादीले आपत्ति जनाएको छ। संसद बैठक अघि बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले आफ्नो अस्तित्व स्वीकार नगर्ने एमालेको निर्णयको विरोध गर्ने भएको हो।

बुधबार नै बसेको एमाले संसदीय दलको बैठकले आफूले कारबाही गरेका सांसदलाई गनेर निर्वाचन आयोगले पार्टीको मान्यता दिएको भन्दै सभामुख र समाजवादीलाई अस्वीकार गर्ने घोषणा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

केपी ओलीको प्रश्न भुँइमा खस्न नपाउँदै एकीकृत समाजवादीका नेताले यस्तो कडा जवाफ फर्काएका छन । एकीकृत समाजवादीको संसदीय दलको बैठकपछि सांसद विरोध खतिवडाले भने, ‘हामीलाई संसद छिर्न नदिने केपी ओली को हुन् ? उनले अझै पनि आफूलाई संविधान, कानुन, नियमावलीभन्दा माथि राख्न चाहन्छ। त्यो हामीलाई स्वीकार्य छैन। त्यस्ता कुराको हामी प्रतिवाद गर्छौ। जस्तालाई त्यस्तै जवाफ दिन्छौँ।’

एकीकृत समाजवादी संसदीय दलको बैठकले संसदमा प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए। एमाले विभाजन भइ भदौ ९ गते एकीकृत समाजवादीले नयाँ दलको मान्यता पाएको थियो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend