आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गुल्मी बन्यो एमालेको लालकिल्ला, विभाजनको असर शून्य

गुल्मी बन्यो एमालेको लालकिल्ला, विभाजनको असर शून्य

 

 

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) जनप्रतिनिधिका हिसाबले गुल्मीमा निकै कमजोर देखिएको छ । जिल्लामा नेकपा एमाले विभाजनको असर शून्य देखिएपछि एकीकृत समाजवादीमा जानेको संख्या शुन्य देखिएको हो । नेकपा (एकीकृत समाजवादी)की नेतृ राम कुमारी झाक्रीको गृह जिल्ला हो गुल्मी । उनको राजनीति जिल्लामा पत्तासाफ भएको छ ।

एमाले विभाजनपछि दल रोज्न पाउने अन्तिम दिन भदौ २२ गते कार्यालय समय अवधिभित्र एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले बताइन् । कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकामध्ये ७ वटा पालिका प्रमुखमा एमालेका जनप्रतिनिधि छन् । यस्तै, १० पालिकामा एमालेका उपप्रमुख छन् ।

यस अतिरिक्त वडाध्यक्ष र वडा सदस्यसहित थप ३३० जना जनप्रतिनिधि एमालेबाट निर्वाचित छन् । तीमध्ये एक जना पनि नयाँ दलका पक्षमा सनाखत गर्न नआएको उनले बताइन् । जिल्ला समन्वय समितिमा पनि प्रमुख लक्ष्मण पराजुली सहितको पुरै समिति नेकपा एमालेकै छ ।

जनप्रतिनिधिका हिसाबले एमालेको गढ बन्यो गुल्मी

जिल्ला निर्वाचन अधिकारी माया कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकाहरु मध्ये ७ वटा पालिका प्रमुखमा एमालेका नेताहरु छन् । १० जना उपप्रमुख छन् । वडाध्यक्ष र वडा सदस्य २ सय ९७ जना सहित ३ सय ३० जना नेकपा एमालेका स्थानीय जनप्रतिनिधीहरु रहेका छन् । जिल्ला निर्वाचन अधिकारी कुँवर भन्छिन–‘ ति मध्ये एक जना पनि दल रोज्न आउनु भएको छैन् । ’

उनका अनुसार इस्मा गाउँपालिकामा गाउँपालिका प्रमुख उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य २५ सहित २७ जना एमालेबाट विजयी जनप्रतिनिधी छन् । चन्द्रकोट गाउँपालिकामा एक जना उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य २५ सहित २६ जना एमालेका जनप्रतिनिधी रहेका छन् । छत्रकोट गाउँपालिकामा प्रमुख, उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य १८ सहित २० जना रहेका छन् । मदाने गाउँपालिकामा प्रमुख , उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य ३० सहित ३२ जना रहेका छन् ।धुर्कोट गाउँपालिकामा ३ जना वडाध्यक्ष सहित १६ जना जनप्रतिनिधि रहेका छन।

मालिका गाउँपालिकामा पनि प्रमुख , उपप्रमुख , वडाध्यक्ष र वडा सदस्य सहित ३२ जना रहेका छन् । मुसिकोट नगरपालिकामा पनि दुबै प्रमुख पद सहित ४२ जना जनप्रतिनिधी नेकपा एमालेबाट विजयी भएका हुन् । रुरुक्षेत्र गाउँपालिकामा पनि दुबै प्रमुख पद सहित ४२ जना जनप्रतिनिधीहरु नेकपा एमालेका छन् । रेसुङ्गा नगरपालिकामा पनि दुबै प्रमुख पद सहित २७ जना रहेका छन् ।

सत्यवती गाउँपालिकामा उपप्रमुख सहित एमालेका ३१ जना जनप्रतिनिधीहरु नेकपा एमालेबाट विजयी भएका छन् । प्रतिनिधी सभामा पनि दुबै क्षेत्रबाट क्रमशः प्रदिपकुमार ज्ञवाली र गोकर्ण बिष्ट नेकपा एमालेबाटै विजयी भएका हुन् । क्षेत्र नम्वर १ को‘ ख ’प्रदेशबाट एमाले नेता कमलराज श्रेष्ठ र क्षेत्र नम्वर २ को क पदेशबाट पनि एमाले कै खडक केसी प्रदेश सभामा विजयी भएका थिए ।

क्षेत्र नम्वर १ को ‘क’ प्रदेशबाट सुदर्शन बराल र क्षेत्र नम्वर २ को‘ ख’ प्रदेशबाट माओवादीबाटै दिनेश पन्थी विजयी भए पनि एमालेमा प्रवेश गरेका पन्थीको पद माओवादी केन्द्रले कार्बाही गरेर खोसिएको थियो । जिल्ला समन्व्य समितिमा पनि प्रमुख लक्ष्मण पराजुली सहितको पुरै समिति नेकपा एमाले कै रहेको छ । गुल्मी एमालेका प्रभावशाली नेताद्धय प्रदिपकुमार ज्ञवाली र गोकर्ण बिष्टको गृहजिल्ला हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend