काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा विषेश छुट पाउने भएका छन् । बैंकका ग्राहकले फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउने भएका हुन् ।
मंगलबार गरिमा विकास बैंक र होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ बीच छुटको लागि सम्झौता भएको हो ।
सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्दा ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु पाउँनेछन् ।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend