शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

वाइसिएलको पहिलो केन्द्रीय समितिको बैठक बस्दै, आजै नेतृत्व चयन हुने सम्भावना

वाइसिएलको पहिलो केन्द्रीय समितिको बैठक बस्दै, आजै नेतृत्व चयन हुने सम्भावना

 

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसियल)को पहिलो केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । आज ११ बजे राजधानीको गौशालास्थित अनुपम फुडल्याण्डमा बस्ने बैठकले संगठनको नेतृत्व चयन ‘फाइनल’ गर्ने अध्यक्षका दावेदारसमेत रहेका सुबोध शेर्पालीले बताए ।

उनका अनुसार आजको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले पदाधिकारी चयनलाई अन्तिम रुप दिनेछ । गत मंगलबार सम्पन्न भएको वाइसियलको राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । तथापि, दावेदारबीच सहमति जुट्न नसक्दा नेतृत्वसँगै पदाधिकारी चयन गर्न भने सकेको थिएन ।

अध्यक्ष पदका लागि शेर्पालीसँगै, सुमन देवकोटा र यशोेदा न्यौपाने दावेदार छन्  त्यस्तै, महासचिवका लागि गणेश शमही, कसम गुरूङ, नवराज ढुङ्गाना, मिङ्मादुण्डु शेर्पा पर्धिस्पर्धामा छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend