शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्युठानमा पनि एमालेलाई लाग्यो झड्का, जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

प्युठानमा पनि एमालेलाई लाग्यो झड्का, जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

 

 

काठमाडौं । प्युठानमा पनि एमालेलाई झड्का लागेको छ । उपमेयरसहित नेकपा एमालेका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

प्युठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकली नगरकोटी, वडा नम्बर ९ का सदस्यद्वय निमबहादुर घर्तीमगर र राजेन्द्र केसीले सोमबार एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

यस्तै सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले पनि जिल्ला निर्वाचन कार्यालय प्युठान पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend