काठमाण्डौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको परमादेशबाट सरकार बनेकाले यो जनताको सरकार नभएको बताएका छन् । उनले परमादेशबाट बनेको सरकार भएकाले अहिलेसम्म केही हुन नसकेको बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको व्यापक आलोचना गरेका छन् ।
नेम्वाङले यो सरकार बनेको ५० दिन भइसक्दा पनि पाँच जना मन्त्रीले मात्र यो सरकार चलाएको देख्दा यो सरकारले केही गर्दैन भनेका छन् ।‘सरकार विस्तार गर्दा सरकार नै ढल्छ भन्ने छ,’ सुवास नेम्वाङले भने, ‘त्यसैले यो सरकार विस्तार हुनै सकेको छैन ।’
यसअघि सरकारले संसदमा पनि कुनै काम गर्न नसकेको बताएका छन् । उनले यसअघि संसद बैठकमा कुनै बिजनेस नभएको र संसद अधिवेशन अन्त्य भएको बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend