शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

जितेन्द्र सोनलले गरे लोसपाको पक्षमा सनाखत, प्रदेशमा लोसपा सांसदको संख्या १६ पुग्यो

जितेन्द्र सोनलले गरे लोसपाको पक्षमा सनाखत, प्रदेशमा लोसपा सांसदको संख्या १६ पुग्यो

 

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का प्रदेश २ का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।

बाराको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सोनलले सोमबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा आएर लोसपामा सनाखत गरेका हुन् ।

सोनल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । सोनलले सनाखत गरेसँगै प्रदेशमा लोसपा सांसदको संख्या १६ पुगेको छ ।

यसअघि परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, वविता कुमारी, निलमदेवी भूमिहारिन, रमेशप्रसाद कुर्मी, डिम्पल झा, प्रल्हाद गिरी गोस्वामी, गौरीनारायण साह, अभिराम शर्मा, रानीकुमारी तिवारी र उपेन्द्र महतोले सनाखत गरेका थिए ।

जसपाका कुल ५५ सांसदमध्ये तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका ३० र राष्ट्रिय जनता पार्टी (राजपा) का २५ सांसद थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend