शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

देशभर ‘हाई अलर्ट’ मा रहन सुरक्षा निकायलाई निर्देशन, यस्तो छ, सरकारको तयारी

देशभर ‘हाई अलर्ट’ मा रहन सुरक्षा निकायलाई निर्देशन, यस्तो छ, सरकारको तयारी

 

 

काठमाण्डौं । चौतर्फी विरोधकाबीच सरकारले अमेरिकी सहायता परियोजना (एमसिसी) जसरी पनि संसदबाट अनुमोदन गराउने तयारी गरेको छ । भदौ २३ गते शुरु हुने स्रसदमा एमसीसी प्रस्ताव पेश गर्ने तयारीमा सरकार रहेको छ ।

संसद्मा एमसिसी अनुमोदनका लागि पेश भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ।मन्त्रालयले चारवटै सुरक्षा निकायलाई ‘सामान्य अवस्थाबाहेक केही समस्या आउन सक्ने भन्दै निर्देशन दिएको हो।

यो महिनाभरि नै हाई अलर्टमा रहनु, अहिले एमसिसीविरुद्ध आन्दोलन भइरहेको छ, भारतविरोधी आन्दोलन पनि चर्कन सक्छ। यी विषयलाई ध्यानमा राखेर सुरक्षा अवस्था मजबुत बनाउनु भन्ने निर्देशन छ’, उच्च सुरक्षा स्रोतले भन्यो, ‘सुरक्षा निकाय सधैं नै (२४ सै घण्टा) हाई अलर्ट रहन्छ तर पनि विशेष अवस्था आउन सक्छ भनिएको छ।’

एमसिसीका विषयमा सरकारी अधिकारीसँग छलफल गर्न एमसिसी उपाध्यक्ष फतिमा सुमार मंगलबार काठमाडौं आउन लाग्नुभएको छ । यसअघि सरकारले विज्ञप्ति जारी गरेर एमसिसी र भारतको विरोध नगर्न अपिल समेत गरेको छ।

५० करोड अमेरिकी डलरको एमसिसी परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मा सम्झौता भए पनि संसद्बाट अनुमोदन हुन नसकेका बेला उपाध्यक्ष सुमारको नेपाल भ्रमण हुन लागेको हो। सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेर एमसिसी संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्ने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend