शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न, राति फेरि पानी पर्ने सम्भावना

काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न, राति फेरि पानी पर्ने सम्भावना

 

काठमाण्डौ । काठमाण्डौमा पछिल्लो ५ घण्टामा १ सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुनमा काठमाण्डौमा पहिलो पटक छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । एकै पटक परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण स्थानीय वायु पनि सक्रिय हुँदा मेघगर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् । अहिले भने पानी पर्न रोकिएको छ ।

वाग्मती प्रदेशका एकरदुई ठाउँमा पानी परे पनि अन्त रोकिएको मौसमविद् मिनकुमार अर्यालले बताए । अहिले पानी पर्न रोकिए पनि आज राति पनि ठूलो वर्षाको सम्भावना छ । राति वाग्मतीसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने उनले बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend