काठमाण्डौं । प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले आगामी चुनावसम्म नेकपा एमाले एक भइसक्ने बताएका छन्। एमाले जिल्ला कमिटी मोरङले आइतवार बिराटचोकमा आयोजना गरेको कार्यकर्ता भेलामा आचार्यले यस्तो दाबी गरेका हुन्।
नेकपा एकीकृत समाजवादीमा कार्यकर्ताको कुनै आकर्षण नभएको भन्दै आचार्यले आगामी निर्वाचनसम्म पार्टी एक हुने दाबी गरे । तत्कालीन एमालेको विवादका क्रममा माधव नेपाल गुटमा रहेका आचार्यले पार्टी एकताको सम्भावना जीवितै रहेको बताएका हुन्।
पार्टीभित्र एकताको वातावरण बन्दै गर्दा नियोजित रुपमा अध्यादेश ल्याएर सरकारले विभाजनलाई मलजल गरेको आरोप पनि आचार्यले लगाए ।
ुअहिले पनि केही बिग्रिएको छैन, पुराना कम्रेडहरुलाई गाली गर्ने काम नगर्नु होला,ु आचार्यले भने ुनीति कार्यक्रम र सिद्धान्त हामीसँगै छ, त्यसैले पार्टी एकता हुन्छ।ु
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend