काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले अमेरिकाले साच्चै नै नेपाललाई यहाँको विकास निर्माण शिक्षा स्वास्थ्य लगाएतका पुर्वधारमा सहयोग गर्न खोजेको भए विना शर्त सहयोग गर्नु पर्ने बताएका छन । नेपालले कुनै देशको पनि इन्डोप्यासिक रणनीति सैनिक गठबंधन स्वीकार्नु नहुने भन्दै नेता रिजालले एमसीसी परियोजनाको विरोध जनाएका हुन । यो बिषयमा रिजाल कडा बिरोधमा उत्रिएका छन उनले दिएको अभिब्यक्ति नै कडा छ । देश भरी तरंग छ ।
उनले भने, ‘एमसीसी परियोजना सर्त सहित स्वीकार्नु सकिदैन । मुलुकको सार्वभौमिकता अखण्डता स्वाधीनता स्वतन्त्रता जस्ता कुरालाई अक्षुण राखेर एमसीसी को बारेमा निर्णय गरिनुपर्छ । बरु रगतको खोलो बगाईन्छ एमसीसी पास गर्न सरकारलाई दिदैनौं ।’
नेपाली जनता नेपालका प्रायः जसो राजनैतिक दलहरु सबै जसो एमसीसीको विपक्षमा हुदां पनि अमेरिकाले आफ्नो दुत नेपाल पठाएर जबरदस्त ढंगले एमसीसी पास गर्न मरिहत्ते गर्नु खोज्ने कार्य राष्ट्रघाती हुने उनले बताए । उनले भने, ‘एमसीसी नेपालको हितमा छैन त्यसकारण एमसीसी पास गर्न एमाले पार्टीले कुनै हालतमा दिनेछैन ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend