शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आज र भोलि दिउँसोभन्दा राति धेरै पानी पर्ने सम्भावना

आज र भोलि दिउँसोभन्दा राति धेरै पानी पर्ने सम्भावना

 

 

काठमाण्डौ । आज वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पानी पर्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताइन । उनका अनुसार दिउँसो भन्दा राति धेरै पानी पर्ने सम्भावना छ ।

आज र भोलि दिउँसोको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् बासीको आग्रह छ । वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

भिरालो जमिन भएका ठाउँमा पहिरो जाने खतरा धेरै छ । यस्तै, नदी, खोल्सा आसपासका क्षेत्रमा पनि बाढीको जोखिम भएकाले सावधानी अपनाउन भनिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend