काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय संगठन विभाग सदस्य शंकर थापाले देशमा काँग्रेस नेतृत्वको सरकार आएपछि राजनीतिक स्थिरताको सुरुवात हुन थालेको बताएका छन् ।
शनिबार कागेश्वरी मनहरा नगरपालिका वडा नं ८ को अधिवेशनअघिको क्रियाशील सदस्यको भेलालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ुझन्डै २ तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकार हटेर देशमा काँग्रेसको सरकार आएपछि देशले स्थिरता महशुस गर्न लागेको छ ।ु
त्यस्तै उनले सहमति ,सहकार्य र एकतालाई नै काँग्रेसका सदस्यहरुले मुख्य एजेन्डा बनेर अघि जानुपर्ने प्रस्ताव अगाडी सारे ।
कार्यक्रममा वडाका अगुवाहरु, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । त्यस्तै उनले देशलाई काँग्रेसमय बनाउनका लागि सबै मिलेर लाग्नुपर्ने बताएका छन् । काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि अहिले वडाहरुमा निर्वाचन भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend