शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अध्यादेश लामो समय टिक्दैनः शंकर पोखरेल

अध्यादेश लामो समय टिक्दैनः शंकर पोखरेल

 

 

काठमाण्डौं । नेकपा एमाले स्थायी कमिटी सदस्य मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्रका केही नेताहरुले कुर्सीको लोभमा आफ्नै सरकार ढालेको बताएका छन्।

लुम्बिनी प्रदेशका पूर्वमुख्य मन्त्रीसमेत रहेका उनले पार्टी भित्रैबाट नेताहरू कुर्सीको लोभमा पर्दा एमाले विभाजनको अवस्थासम्म पुगेको पनि बताए ।

पार्टी बनायौँ भन्नेहरूकै असहयोगले केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको आरोप पोखरेलले लगाए।

ुपार्टी फुटाएर उहाँहरूले कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गरिराख्नु भएको छु, उनले भने, ुसरकारले पनि एमाले र जसपा फुटाउन अध्यादेश ल्यायो। तर, यो अध्यादेश लामो समय टिक्दैन। टिके पनि कांग्रेस र माओवादीलाई समेत हानी गर्छ।ु

राजनीतिक स्वार्थ र एमाले टुक्राउन गरिएको षड्यन्त्र धेरै नटिक्ने नेता पोखरेलको दाबी छ।

जनता र संसदबाट प्रधानमन्त्री बन्ने प्रावधान विपरित परमादेशबाट बनेको सरकारले जनताको हितमा कुनै काम नगर्ने ठोकुवा समेत उनले गरे।

ओलीले ताजा जनादेशका लागि गरेका प्रयासहरू राम्रा भए पनि परमादेश बाधक बनेको उनले बताए।

देउवा सरकारले एमाले फुटाएर आफूले राज गर्न खोजेको उनले आरोप लगाए।

ुएमाले मात्रै फुट्दैनु, उनले भने, ुराजनीतिक दलसम्बन्धी अध्यादेशले निकट भविष्यमा कांग्रेस र माओवादीलाई पनि असर गर्नेछ।ु

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend