शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परे आज विरोध गर्दैछन्ः झाक्री

ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परे आज विरोध गर्दैछन्ः झाक्री

 

 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश व्यक्त गरिन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढनु परेको तर्क गरिन् ।

उनले भनिन्, ‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन् । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन । मलाई सम्झना छ ५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम रावलको पोजिशन के थियो रु कमरेड खडगप्रसाद ओलीको पोजिशन के थियो रु महाकाली सन्धिका बेला ।’

नेतृ झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी गरिन् । उनले कम्युनिष्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरूले सत्ताबाट हटाएको पनि पटकपटक दोहोर्‍इन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend