शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मन्त्रालय भागबण्डा मिलाउन शीर्ष तीन नेता छलफलमा

मन्त्रालय भागबण्डा मिलाउन शीर्ष तीन नेता छलफलमा

 

काठमाडौं । मन्त्रालय भागबण्डा नमिलेपछि शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् ।शनिवार बिहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको हो ।
शुक्रबार साँझ पनि देउवा, प्रचण्ड र नेपालबीच करिब दुई घण्टा छलफल भएको थियो ।सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डा नमिलेपछि शीर्ष नेताहरु तनावमा छन् । महत्वपूर्ण मन्त्रालयहरुमा दलहरुको दावी प्रस्तुत भएपछि भागवण्डा टुंग्याउन सकेको छैन । मन्त्रालयको संख्या टुंगिएपनि कुन कुन मन्त्रालय कसलाई भन्ने विषयमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend