सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अन्धराष्ट्रवादमा अल्झिएको राजनीति

अन्धराष्ट्रवादमा अल्झिएको राजनीति

 

डा डी आर उपाध्याय

अब मुलकमा देश भक्त राष्ट्रवादी नेताको खाँचो छ । देश बनाउने कुरामा खेलवाड गरेर हुदैन । देश बनाउने भनेको देश भक्त राष्ट्रवादीेले हो । राष्ट्रवादी भावना सवै नेपालीमा हुनु पर्छ ।

त्यसो भयो भने मात्र देश बन्छ । बिदेशीको इसरामा चलेर देश बन्दैन । यो कुरा सबैले बुझनु पर्छ । अहिले जे भएको छ , त्यो देशको हितमा भएको देखिदैन । हाम्रो देशका जनता धेरै चिन्तित छन ।

नेताका कारण देश बर्वाद भयो । नेता बिदेशि को इसरामा चले । समस्या यो हो । देश र जनताको मुक्तिका लागी अव केही सोच्नु पर्ने बेला भएको छ । हम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाहारो छ ।

खोक्रो राष्ट्रवादले मुलुक परिवर्तन हुदैन । भ्रमको खेती छर्ने नेताबाट मुलुक बन्दैन । आज नेपाली जनता धेरै सचेत छन । हिजोको जस्तो बेला अहिले छैन । अब जनतालाई भ्रम छर्ने नेताको भविश्य छैन ।

यो कुरा बुझेर बसे हुन्छ । अव नेपालमा निस्वार्थ रुपमा जनताको काम गर्ने नेताको खाँचो छ । नेताहरुले चर्को भाषण गरेर मात्र जनताले अब पत्याउदैनन् । नेताहरुको चर्को भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन ।

यति बेला जनताले नयाँ सोच र चिन्तन बोकेका नेता खोजेका हाम्रो देशमा खोक्रो राष्ट्रवादी नेता मात्र छन । कुनै पनि मुलुकका लागि सच्चा राष्ट्रवादी नेताको खाँचो हुन्छ । त्यो नेपालमा पाउन गाहारो छ । नक्कली राष्ट्रवादीहरु धेरै छन ।

तिनीहरुको कुरा गरेर साध्य छैन । कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको छ । नेपालमा ‘अन्धराष्ट्रवाद’ छन । त्यसले गर्दा यी समस्या उत्पन्न भएका छन । दुख्खको कुरा नेपालमा राजनीतिक दलहरू इमानदार भएनन् ।

नेताहरु पैसामा बिके समस्या यो हो । चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक हो । त्यहाँ एकदलीय शासन प्रणाली छ । उत्तर कोरिया, क्युवा लगायतका केही मुलुक कम्युनिष्ट मुलुक हुन्। नेपालमा कम्युनिष्ट पार्टीले बेलाबेलामा सरकारको नेतृत्व गर्दै आएको छ तर नेपाली कम्युनिष्टहरू बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणालीको अभ्यास गरिरहेका छन ।

अन्धराष्ट्रवादले राष्ट्रको प्रतिष्ठा, सामर्थ्य र पहिचानलाई कमजोर बनाउँछ। त्यस्ता चिन्तनहरूले एकातिर मुलुकमा राजनीतिक विवाद निम्त्याउँछन् भने अर्कातिर राष्ट्रिय एकताको भावनालाई कमजोर तुल्याई राष्ट्रियतामाथि नकारात्मक असर पारिरहेका हुन्छन्। अन्धराष्ट्रवादले राष्ट्रियतालाई संकुचित बनाउँछ।

अरूलाई गन्दै नगन्ने, सबै आफ्नो मात्र ठिक भन्ने प्रवृत्ति अन्धराष्ट्रवादी चिन्तनमा रहन्छ । यस्तो चिन्तनधारी नेतृत्वबाट देशको भलो हुदैन । सबैलाई आफ्नै देश, आफ्नै राष्ट्रियता प्यारो लाग्छ ।

विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था नभएका मुलुकमा राष्ट्रियस्तरमा अन्धराष्ट्रवादले बढी प्रश्चय पाएको देखिन्छ। अन्धराष्ट्रवादका कारण देशमा विदेशी हस्तक्षेप बढ्दै गएको छ ।

अन्धराष्ट्रवादी चिन्तनले मुलुकको हित गदैन । नेताहरु अझै अन्धराष्ट्रवादी चिन्तनमा छन । देशले कुनै पनि निरंकुश राज्य व्यवस्था चाहादैन । कसैले त्यो सोचेको छ भने त्यो दिवा सपना मात्र हो ।

देशको सार्वभौमसत्ता जनताको हातमा हुनु पर्छ । यो लोकतान्त्रिक व्यवस्थामा आमजनताले बोल्न, लेख्न वा चित्त नबुझेको कुरा आलोचना गर्न पाउनु पर्छ । बहुदलीय लोकतान्त्रिक व्यवस्था भनेको सुन्दर पक्ष हो ।

जनताले कुनै पनि निरंकुश व्यवस्थाको समर्थन गदैनन् । निरंकुश व्यवस्था लादन कसैले नसोचे हुन्छ । त्यो नेपालमा टिक्दैन । अन्धराष्ट्रवादले मुलुक संकटमा छ । राष्ट्रिय एकताको भावनालाई बलियो बनाउनु पर्छ ।

नेपाली राष्ट्रियता कमजोर भए नेपाली कमजोर हुन्छन । अन्धराष्ट्रवादले राष्ट्रको प्रतिष्ठा, सामर्थय र पहिचानलाई कमजोर बनाउँछ। वर्तमान नेपालको राजनीतिक सन्दर्भमा पनि बेलाबखत अन्धराष्ट्रवादी, संकीर्णतावादी वा क्षेत्रयतावादी चिन्तन र सोचहरू प्रकट भइरहेका देखिन्छन्। त्यस्ता चिन्तनहरूले मुलुकमा राजनीतिक विवाद निम्त्याउँछन् । राष्ट्रिय एकताको भावनालाई कमजोर हुन दिनु हुदैन । अन्धराष्ट्रवादमा अल्झिएको राजनीतिले मुलुकलाई निकास दिदैन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend