शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महाधिवेशनले पार्टीभित्रै एकतालाई थप सुदृढ बनाउने गृहमन्त्री खाणको विश्वास

महाधिवेशनले पार्टीभित्रै एकतालाई थप सुदृढ बनाउने गृहमन्त्री खाणको विश्वास

फाइलफाइल

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले पार्टीको १४ औं महाधिवेशनले पार्टी भित्रैको एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

वडा अधिवेशन सुरू हुनुअगाडि शुभकामना सन्देश जारी गर्दै खाणले सक्षम नेतृत्व चयन गर्न पनि आग्रह गरेका छन्।

वडा तहमा आउने नेतृत्वले पनि मुलुकको राष्ट्रियता, संघीयता र गणतन्त्र लगायतका विषयलाई मध्यनगर गर्दै अगाडि बढ्नुपर्ने उनले बताए।

उनले कांग्रेस कमजोर हुँदा राष्ट्रियता पनि कमजोर हुने गरेको उल्लेख गरेका छन्। महाधिवेशनले पार्टीभित्र आपसी एकता अझै सुदृढ हुने विश्वास आफूले लिएको खाणको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend