शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेसको पौडेल–कोइराला समूहले पत्रकार सम्मेलन गर्दै

कांग्रेसको पौडेल–कोइराला समूहले पत्रकार सम्मेलन गर्दै

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको पौडेल–कोइराला समूहले पत्रकार सम्मेलन गर्न लागेको छ ।

पौडेल–कोइराला समूहका सभापतिका सबै आकांक्षीहरू बसेर साझा उमेदवार चयनको सैद्धान्तिक सहमति भइसकेको र महासमिति बैठकअगावै साझा प्यालन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

बुधबार काठमाडौंको अनुपम फुडल्यान्डमा बसेको सभापतिका आकांक्षीहरूको बैठकमा आफ्नो समूहबाट एउटा मात्र प्यानल बनाउने विषयमा अकांक्षीहरूबीच सैद्धान्तिक सहमति भएको थियो ।

व्यक्तिका विषयमा पनि निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट हुँदासम्म सहमतिमा पुग्ने प्रतिबद्धता सार्वजनिक गर्न आज पत्रकार सम्मेलन आयोजना गरिएको हो । पत्रकार सम्मेलनमा पौडेल–कोइराला समूहबाट उपलब्ध हुने सबै नेताहरू उपस्थित हुने तयारी रहेको बताइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend